१६ बैशाख २०८१, आइतबार

गोरखा वारियर यथार्थपरक र जीवन्तः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  22 February, 2024 11:08 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङङदेनले चलचित्र गोरखा वारियर योद्धाहरुको कथा समेटेर निर्माण गरिएको चलचित्र भएको बताएका छन् ।

बुधवार काठमाडौँमा चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरूसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाललाई चिनाउने महत्वपूर्ण कुरामध्ये गोरखा पनि एउटा रहेको बताए ।

उनले विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिनुले नेपालीको पहिचान र बहादुरी विश्वमाझ झनै बलियोका साथ पुगेको बताए । उनले चलचित्र यथार्थपरक र जीवन्त भएको बताए ।

उनले भने, “नेपाललाई चिनाउने केही महत्वपूर्ण कुराहरु छन्, त्यसमध्ये सबैभन्दा विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिएको यो चलचित्र असाध्यै राम्रो, यथार्थपरक र जीवन्त छ । आम दर्शकलाई एकपटक हेरिदिन आग्रह गर्दछु ।”

अध्यक्ष लिङदेनले चलचित्र गोरखा वारियर नेपालीहरूले एकपटक हेर्नेपर्ने चलचित्र रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !