१७ बैशाख २०८१, सोमबार

वित्त आयोगको मूल्याङ्कनमा स्याङ्जाको भीरकोट उत्कृष्ट, हरिनास कमजोर

प्रकाशित मिति :  22 February, 2024 11:49 am


काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा स्याङ्जाको भीरकोट नगरपालिका उत्कृष पालिका घोषित भएको छ । जिल्लामा रहेको ११ वटा स्थानीय पालिकामध्ये भीरकोट नगरपालिकाले ४६ .२५ प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट भएको हाे । त्यस्तै जिल्लामा सबैभन्दा कम अंक हरिनास गाउँपालिकाले प्राप्त गरको छ । उसले २२.७३ अंक प्राप्त गरेको छ ।

नगरपालिकाहरू मध्ये पुतलीबजार नगरपालिकाको ३५.४७, चापाकोट नगरपालिकाले २८. ३२ वालिङ नगरपालिकाले ४१ .४९ र गल्याङ नगरपालिकाले ४१.३७ प्रतिशत प्राप्त गरेका छन् ।

गाउँपालिकाहरूमध्ये फेदीखोला ४२. ३२, आधिँखोला गाउँपालिका ३३.९६, अर्जुनचौपारी गाउँपालिका ३९.३३, बिरुवा गाउँपालिका ३७.४०, कालीगण्डकी गाउँपालिकाले ४३.०२ प्रतिशत प्राप्त गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८१\८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !