१५ बैशाख २०८१, शनिबार

कारोना: ब्रिटेनमा मृतकको संख्या इटलीभन्दा धेरै, भारतमा संक्रमित संख्या ५० हजार नजिक

प्रकाशित मिति :  6 May, 2020 8:06 am


एजेन्सी, २४ वैशाख ।

ब्रिटेनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या इटलीभन्दा पनि धेरै पुगेको छ । युरोपमा सबैभन्दा बढी संक्रमित इटलीलाई उछिन्दै ब्रिटेनमा मृतकको संख्या २९ हजार पार गरेको हो ।

अब विश्वभर मृतकको संख्या ब्रिटेनमा अमेरीकापछि सबैभन्दा धेरै भएको छ । पछिल्लो तथ्याङ्क अनुसार ब्रिटेनमा कोरानाबाट ज्यान गुमाउनेको संख्या २९ हजार ४ सय २७ पुगेको छ । ब्रिटेनका विदेशमन्त्री डोमेनिक राबले भनेका छन्,‘यो एउटा ठूलो दुखद अवस्था     हो ।’

इटलीमा २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । अमेरीकामा मृतकको संख्या ७१ हजार पार गरेको छ । अमेरीकामा संक्रमितको संख्या १२ लाख ३ हजार ८ सय ९२ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

मृतक र संक्रमितको संख्या यथावत रहेका बेला अमेरीकाले भने ‘कोरोना टास्क फोर्स’ विघटन गर्ने तयारी गरेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यदल विघटन गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

अमेरीकी उपराष्ट्रपति माइक पेन्सले अर्को हप्तासम्म कार्यदल विघटन गर्ने बताएका छन् । आरिजोना राज्यमा मास्क निर्माण कम्पनीको भ्रमणका क्रममा ट्रम्पले भने,‘हामीले हाम्रो मुलुकलाई पहिलेकै गतिमा फर्काउदै छौं ।’

अमेरीकामा अहिलेपनि दैनिक २० हजार संक्रमित थपिईरहेका छन् भने मृतकको संख्या दैनिक १ हजार छ । अमेरीकी स्वास्थ्य अधिकारीहरुले ब्यवसायहरु सुरुवात गरे कोरोना भाईरस फेरी फैलिन सक्ने चेतावनी दिएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या ५० हजार नजिक पुगेको छ । ताजा तथ्याङ्क अनुसार भारतमा ४९ हजार ४ सय जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने १६ हजार ९३ जनाको ज्यान गएको छ ।

विश्भरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५७ हजार २ सय ७ पुगेको छ भने संक्रमित संख्या ३६ लाख ६२ हजार १ सय १ भएको छ ।



प्रतिक्रिया दिनुहोस !