१२ श्रावण २०८१, शनिबार

राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने

प्रकाशित मिति :  22 February, 2024 4:32 pm


काठमाडौँ । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने भएको छ ।

भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरब्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न भन्दै प्रदर्शन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।

आज काठमाडौँमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा बिशेष जोड दिए ।

थापाले आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आवश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपुर्बक निरन्तर प्रयासरत रहेको समेत बताए ।

बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरू तथा केन्द्रीय पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरू गर्ने समेत निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस !