२२ बैशाख २०८१, शनिबार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

प्रकाशित मिति :  22 February, 2024 4:44 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त भएका छन् ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !