१२ श्रावण २०८१, शनिबार

सीमित व्यक्तिहरूको हातमा पुग्यो हाम्रो अर्थव्यवस्था: भण्डारी

प्रकाशित मिति :  22 February, 2024 5:00 pm


काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिको कारणले गर्दा अर्थव्यवस्था सिमित व्यक्तिहरुको हातमा गएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताएका हुन् ।

गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सिमित व्यक्तिहरुको हातमा पुगेको छ। उनले भने, “एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पाताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेको भन्दै यसले अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा पुग्यो ।”

उनले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गर्दै अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए।

उनले भने, “किन १०र१२ जनाको हातमा, उसैको हातमा बैंक छ । उसैको हातमा उद्योग छ । उसैको हातमा बीमा छ । उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ । उसैको हातमा स्कुल छ । उसैको हातमा जमिन खन्ने लाइसेन्स् छ । अब यो देश कसरी बन्छ रु एउटा सरकारले चाहेर, सरकारले गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छरु यो सबैभन्दा ठुलो महत्वपूर्ण कुरा रहेछ ।”

“सुरु भएका विकास निर्माणका कामहरु २० औँ वर्ष सकिँदैन । मेलम्ची खानेपानी ६३ अर्बको योजना लथालिङ्ग छ । जहिलेसुकै उद्घाटन मात्रै हुन्छ । सडकहरु त्यही हालतमा छन् । भवनहरू त्यही हालतमा छन् । त्यहाँ कानून पस्न सक्दैन । त्यहाँ कसैलाई केही पनि हुन सक्दैन । यो अवस्थामा मुलुकलाई कसरी अगाडी बढाउन सक्छौँ ? यस बारेमा संवेदनशील हामी कहिलेदेखि हुनसक्छौँ ?” भण्डारीले भने ।

सांसद भण्डारीले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्शा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !