१६ बैशाख २०८१, आइतबार

साम्राज्ञी र धिरजलाई लिएर चलचित्र रुमानी रङ्ग बन्ने

प्रकाशित मिति :  23 February, 2024 8:49 am


काठमाडौँ । चलचित्र रुमानी रङ्ग निर्माण हुने भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य अभिनय रहनेछ । चलचित्र घोषणा कार्यक्रममा बोल्दै अभिनेत्री शाहले एक वर्षसम्म स्क्रिप्ट राम्रो नपाएकाले फिल्ममा साइन नगरेको र अहिले भने सबैकुरा राम्रो फेला परेकाले रुमानी रङ्गमा अभिनय गर्न तयार भएको बताइन् ।

उनले चलचित्र सम्बन्धमा रमाइलो र सहज मात्रै नहुने भएको बताइन् । अभिनेता धिरज मगरले नेपालमा लभ स्टोरी फिल्म धेरै कम आइरहेको बेलामा यो चलचित्र बन्नुले राम्रो सन्देश जाने बताइन्

चलचित्र अस्ट्रेलियामा छायाङ्कन हुनेछ । चलचित्रको निर्माता हरि मल्ल ठकुरी र जिएम ठकुरी रहने छन्



प्रतिक्रिया दिनुहोस !