१७ बैशाख २०८१, सोमबार

मध्य गाजामा इजरायली आक्रमणः ४० जनाको मृत्यु, सय घाइते

प्रकाशित मिति :  23 February, 2024 11:02 am


काठमाडौँ । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै सय भन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली विमानहरूले देइर अल–बालाह शहरका धेरै आवासीय घरहरूमा आक्रमणहरू गरेका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा शहीद अस्पतालमा सारिएको जनाएको छ । इजरायली आक्रमणहरूले छिमेकलाई गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोलीहरू मानिसहरूलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।

चिकित्सा स्रोतहरूले अल–अक्सा शहीद अस्पताल अहिले हजारौं घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !