१२ श्रावण २०८१, शनिबार

यस्तो छ शनिवारको मौसम

प्रकाशित मिति :  24 February, 2024 7:46 am


काठमाडौँ। शनिवार तीन प्रदेशका केही स्थानमा छिटपुट वर्षा हुने तथा उच्च पहाड र हिमाली भेगमा थोरै स्थानमा हिमपात हुने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।

विभागका अनुसार शनिवार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसमको प्रतिकूलताका कारण पर्न सक्ने असरलाई मध्यनजर गरेर सजक रहन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !