१२ श्रावण २०८१, शनिबार

नेपाल अहिले भूराजनीतिक जटिलतामा छ: उपाध्यक्ष सापकोटा

प्रकाशित मिति :  24 February, 2024 2:53 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताए । आज काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाललाई नेपालीहरूले नै रक्षा गर्नुपर्ने बताए ।

उनले नेपालीहरूलाई राजनीतिक दलहरूले बाटो देखाउनुपर्ने बताए । उनले राजनीतिक दलहरूले बाटो देखाउन नसके दलहरू सकिने दिन आउने बताए । नेपाली जनतालाई ठिक ढङ्गले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुर्याउन नसक्ने उनले बताए ।

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिस्पर्धा र प्रियतावाद बढिरहेको बताए । कतिपय प्रियतावादीहरूलाई राजनीति चटकबाजी लागिरहेको उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !