१२ श्रावण २०८१, शनिबार

अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन: मन्त्री राई

प्रकाशित मिति :  24 February, 2024 3:08 pm


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताएका हुन् ।

उनले सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए।

उनले भने, “हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिस्थापन गर्‍यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुने कुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ । उद्योगमुखी दिशामा लैजानुपर्छ । श्रममुखी दिशामा लैजानुपर्छ । अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो ५\७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।”

मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !