उपराष्ट्रपति यादव र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता
प्रकाशित मिति : 24 February, 2024 3:37 pm

काठमाडौँँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शनिबार बिहान शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा राष्ट्रियसभाबाट उनको कार्यकालमा देश र जनताको पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानूनहरू लगायतका समसामयिक विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद व्यक्त गरे ।
भेटमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्ताव गरिएका विभिन्न महत्पूर्ण विधेयक र कानूनहरू यथाशिघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन सबैपक्षबाट सकारात्मक पहल हुन जरुरी रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिँदै छ ।