१७ बैशाख २०८१, सोमबार

नारायणगढ–मुग्लिन सडक अब बन्द नहुने

प्रकाशित मिति :  25 February, 2024 8:23 am


भरतपुर । दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

पहाड काट्ने करिब करिब सकिएकाले आज (आइतवार) देखि बाटो बन्द नगर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ।

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि बन्द भएकोमा पहाड काट्न निकै थोरै मात्र बाँकी रहेकाले अब सडक नै बन्द गर्न नपरेको आयोजनाले जनाएको छ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो ।

वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो ।

बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले जानकारी दिए ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !