२२ बैशाख २०८१, शनिबार

ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइयोस्ः रास्वपा

प्रकाशित मिति :  25 February, 2024 11:48 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले ख्वप विश्वविद्यालयको विधेकय तत्काल ल्याउन आग्रह गर्दैै शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै प्रश्न गरे ।

उनले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरुलाई न्युन शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गरे ।

उनले भने, “सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महंगो छ । ख्वप कलेज भत्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो । त्यसले न्युनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् । विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्युलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ ।”

उनले सरकार समाजवादउन्मुखको नारा लगाइरहेपनि शिक्षा महंगो भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !