२६ बैशाख २०८१, बुधबार

रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाइनेछः अर्थमन्त्री महत

प्रकाशित मिति :  26 February, 2024 4:10 pm


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सभामा प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री महतले किसानहरूलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिंचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए । उनले प्राकृतिक र प्राङगारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने बताए ।

उनले भने,”रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ । मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ । प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ । पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा बिस्तार गर्न जोड दिइनेछ । सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ ।”

अर्थमन्त्री महतले पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा बिस्तार गर्न जोड दिइने बताए ।



प्रतिक्रिया दिनुहोस !