२५ बैशाख २०८१, मंगलबार

एन्फा साधारण सभाबाट आव २०८०\०८१ को बजेट तथा कार्यक्रम अनुमोदन

प्रकाशित मिति :  26 February, 2024 4:21 pm


काठमाडौँ । नेपाल फुटबल संघ ९एन्फा०ले आर्थिक वर्ष २०८०\०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०\०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।

साधारण सभाबाट ०७९\०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए । साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको उनको भनाइ छ ।

यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रविणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।

उनका अनुसार आर्थिक वर्ष २०८०\०८१ को अनुमानित बजेट ६७ करोड ६७ लाख ६६ हजार ६० रहेको छ ।



प्रतिक्रिया दिनुहोस !