२ जेष्ठ २०८१, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु

प्रकाशित मिति :  6 May, 2020 4:04 pm


काठमाण्डौं, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । भोली बस्ने स्थायी कमिटी बैठकको एजेण्डा लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

बैशाख २० गते बसेको सचिवालय बैठकले आज सचिवालय बैठक बसेर भोली स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि चर्किएको विवाद अघिल्लो सचिवालय बैठकबाट केही मत्थर भएको छ ।

तर, नेताहरु आ—आफ्नो आन्तरिक तयारीमा छन् । सत्तारुढ नेकपाभित्र एक व्यक्ति एक जिम्मेवारीसहितको वहस फेरी सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस !