२ जेष्ठ २०८१, बुधबार

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

प्रकाशित मिति :  27 February, 2024 10:06 am


काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भइरहेको छ ।

बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियान लगायतका विषयमा छलफल हुनेछ ।

आजको बैठकमा माओवादीले आगामी चैत १ गतेदेखि तराई / मधेसका जिल्लामा गर्ने भनेको संगठन सुदृढीकरण अभियान, उत्तर–दक्षिण अभियानसहितका विषयमा पनि छलफल हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !