२ जेष्ठ २०८१, बुधबार

आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्छ: प्रधानमन्त्री

प्रकाशित मिति :  27 February, 2024 2:32 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व.भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सो प्रतिवद्धता जनाएका हुन् ।

उनले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताए । उनले स्व.आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याएकाे योगदान अजर अमर रहने बताए ।

उनले भने, “वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । शोकको यो घडीमा सबैभन्दा पहिला त म भजन शिरोमणिाको रुपमा स्थापित भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सबै शोकाकुल परिवार र सबै संगीत र कलाको क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छाँै र लामो अस्वस्थतापछि आज हामी उहाँको अन्तिम बिदाई गर्दैछौँ । सबैलाई यसले भावविह्वल बनाएको छ । उहाँले गीत संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ ।”

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !