२ जेष्ठ २०८१, बुधबार

संघीय संसदको ओझ र गरिमा घटेको छः पूर्वसभामुख सापकोटा

प्रकाशित मिति :  27 February, 2024 6:03 pm


Speaker of the House of Representatives Agni Prasad Sapkota beginning the House of Representatives meeting in Kathmandu, Nepal on Saturday, February 15, 2020. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताएका छन् ।

मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताएका हुन् ।

उनले संसदमा चयन हुने शब्द र वाक्यहरू संसदको ओझ र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए । उनले संसदमा बोलेको कुराहरूको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भएपनि संसदको त्यो प्रकारको गाम्भियर्ता कायम हुन नसकेको बताए ।

उनले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरूलाई भने दोष नदिने स्पष्ट पारे । उनले विचारको रिक्तता र शुन्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए । विचारको शुन्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाइ छ ।

पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताए । उनले त्यसप्रकारको साजिसका बिरुद्धमा अभियान छेड्नुपर्ने बताए ।

उनले देशमा जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने गलत भाष्य सिर्जना गरेर लोकप्रियतावाद र अराजकतावादतिर लान खोजिएको बताए । उनले गणतन्त्रको नेतृत्वको विरुद्धमा अफवाह फैलाइएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !