२ जेष्ठ २०८१, बुधबार

राष्ट्रपतिका भतिजलाई परिषद्को उपाध्यक्ष नियुक्त गर्न दबाब दिएको छैनः मन्त्री आचार्य

प्रकाशित मिति :  27 February, 2024 6:12 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राष्ट्रपतिका नातेदारलाई समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न आफूले कुनै दबाब नदिएको स्पष्ट पारेका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै परिषद्का अध्यक्षसमेत रहेका मन्त्री आचार्यले सो कुरा बताएका हुन् ।

उनले सो सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नभएको जिकिर समेत गरे । उनले परिषद्को उपाध्यक्ष हुन योग्य मानिसले निवेदन दिनसक्ने अवस्था रहेको भन्दै त्यहीअनुसार नियुक्त हुने जानकारी दिए । उनले कसको नाता के पर्छ भन्दा पनि योग्यलाई नियुक्त गर्ने जिकिर गरे ।

उनले समाजकल्याण परिषद्का पुराना कानूनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले अहिले समाजमा समाजकल्याण परिषद्लाई प्रभावकारी बनाउन वर्तमान समय सापेक्ष कानून बनाउन सरकार लाग्ने बताए ।

उनले समाज कल्याण परिषद्का राम्रा योजना आफ्नो जिल्लामा लगिएको सांसदहरूले आरोप लगाएको भन्दै त्यस्तो भेटिए आफू जिम्मा लिन तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !