५ जेष्ठ २०८१, शनिबार

सरकारको प्रतिरोधका लागि मानिसक रुपमा तयार रहन पार्टी पंक्तिलाई विप्लवको निर्देशन

प्रकाशित मिति :  6 May, 2020 5:32 pm


????????????????????????????????????

 

काठमाण्डौं, २४ वैशाख ।   

सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको प्रतिरोधका लागि मानिसक रुपमा तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै प्रतिरोधका लागि तयार रहन महासचिव विप्लवले निर्देशन दिएका हुन् ।

विप्लवले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।

साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन गर्दछ ।’

महासचिव विप्लवले कोरोना सङ्क्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै बर्तमान सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको आरोप पनि लगाएका छन् ।

महासचिव विप्लवको विज्ञप्तिमा पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको तथा इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी दुर्गासहित थुप्रै नेता कार्यकर्तालाई गिरफ्तार गरेको प्रति भत्र्सना गर्दै बिनासर्त मुक्त गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार:

विप्लव नेतृत्व नेकपाका इलाम जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

विप्लव नेतृत्व नेकपाका इलाम जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

अनेमसंघ क्रान्तिकारी अध्यक्ष बन्धु चन्द सर्वोच्च अदालतको आदेशमा रिहा



प्रतिक्रिया दिनुहोस !