१५ बैशाख २०८१, शनिबार

पाकिस्तानका १४ औं राष्ट्रपति जर्दारीले गरे शपथग्रहण

प्रकाशित मिति :  11 March, 2024 11:14 am


एजेन्सी । आसिफ अली जर्दारीले पाकिस्तानको १४औँ राष्ट्रपतिको रुपमा शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवनमा आयोजित एक समारोहमा उनले शपथग्रहण गरेका हुन । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज सरिफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र विदेशी विशिष्ट व्यक्तिको उपस्थितिमा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथग्रहण गराएका हुन ।

यसअघि शनिवार पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह–अध्यक्ष जरदारीले संसद र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट १८१ मतको बिरुद्धमा ४११ मत ल्याएर विजयी भएका थिए ।

सत्तारुढ गठबन्धनका उम्मेदवार जरदारीले सिनेट र नेशनल एसेम्बलीलगायत संसदका दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे । पूर्वी पञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत प्राप्त गरे । दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !