१५ बैशाख २०८१, शनिबार

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु

प्रकाशित मिति :  14 March, 2024 10:49 am


काठमाडौँ । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ।

कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ जना नेपालीको दुर्घटनास्थलमै निधन भएको हो।

मंगलवार विहान महाबुल्ला क्षेत्रमा सडक छेउमा रहेका तीन जना नेपालीलाई तीव्र गतिमा आएको कारले ठक्कर दिँदा तीनै जनाको घटनास्थलमै मृत्यु भएको नेपाली दुतावासले पुष्टी गरेको छ ।

ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाडौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर छन् । मृतक तीनै जना एउटै कम्पनीमा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस !