८ जेष्ठ २०८१, मंगलबार

आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि

प्रकाशित मिति :  15 March, 2024 7:34 am


काठमाडौँ। कर्मचारी खेलकुद प्रतिष्ठान नेपालको आयोजनमा हुने आरबीबीएल तेस्रो फुटसल प्रतियोगिता चैत ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ ।

बिहिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको बारेमा आयोजकले जानकारी दिएको हो । प्रतियोगिता १८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको खेलहरू चैत्य फुटसल रिकृयसन सेन्टर सोल्टी मोडमा हुनेछ ।

प्रतियोगिताको लागि राष्ट्रिय बाणिज्य बैंक लिमिटेड प्रायोजकको रुपमा रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने २० हजार ट्रफी मेडल प्राप्त गर्नेछ ।

सर्वाधिक गोलकर्ता, गोलकिपर उत्कृष्ट, फियर प्ले टिमलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ६ लाख १५ हजार छ भने खेलमा सहभागि टिमलाई २० हजार प्रवेश शुल्क लाग्नेसमेत आयोजकले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !