११ आश्विन २०८३, आइतबार

बाढीले मिर्मी पुल बगायो, गुल्मी–स्याङ्जा सडक सम्पर्कविच्छेद

प्रकाशित मिति :  27 September, 2026 8:11 am


काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले शनिबार बिहान गुल्मी र स्याङ्जा जोड्ने मिर्मी पुल बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्कविच्छेद भएको छ।

पुल बगेसँगै तम्घासबाट मिर्मी हुँदै पोखरा र काठमाडौँ जाने सवारी आवागमन प्रभावित भएको छ। वैकल्पिक सडक नहुँदा यात्रु तथा स्थानीयवासी थप समस्यामा परेका छन्।

बाढीका कारण रिडी बजारसहित कालीगण्डकी करिडोरका विभिन्न भाग डुबानमा परेका छन्। विद्युत् सेवा अवरुद्ध हुँदा घटनाको थप विवरण संकलनमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !