२० बैशाख २०८१, बिहिबार

कारोना रोकथाम तथा नियन्त्रणका लागि गाँउपालिकाद्धारा म्यादी प्रहरी परिचालन

प्रकाशित मिति :  8 May, 2020 8:52 am


कपिलवस्तुको विजयपुर गाँउपालिकाले परिचालन गरेका म्यादी प्रहरी । फोटोः वाईपी अधिकारीको फेसबुकबाट

कपिलवस्तु, २६ वैशाख ।

कपिलवस्तुको विजयपुर गाँउपालिकाले भारतसँग सिमाना जोडिएका ठाँउमा म्यादी प्रहरी परिचालन गरेको छ ।

कारोना रोकथामका लागि भन्दै गाँउपालिकाले ५० जना स्यंसेवक ग्रामीण म्यादी प्रहरी भर्ना गरेर आजदेखि परिचालन गरेको हो ।

भारतीय सिमा नाकाबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि विजयनगर गाँउपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग पुग्ने गरि म्यादी प्रहरी परिचालन गरेको गाँउपालिकाले जनाएको छ ।

उनीहरुलाई विशेष प्रशिक्षण र निर्देशन दिदै आजैदेखि परिचालन गरिएको छ । कपिलवस्तुमा हिजो मात्रै दुईजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १६ बर्षीय र २२ बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सशस्त्र र नेपाल प्रहरीले २४ सै घण्टा पहरा दिएपनि जनशक्ति कम भएपछि म्यादी प्रहरीपनि परिचालन गरिएको गाँउपालिकाले जनाएको छ ।

कपिलवस्तुमा पनि दुई जना कोरोना संक्रमित भेटिए,देशभर संक्रमित संख्या १ सय १ पुग्यो



प्रतिक्रिया दिनुहोस !