१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा पनि दुई जना कोरोना संक्रमित भेटिए,देशभर संक्रमित संख्या १ सय १ पुग्यो

प्रकाशित मिति :  7 May, 2020 9:06 pm


काठमाण्डौं, २५ वैशाख । 

कपिलवस्तुमा पनि दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा १६ र २२ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले  आज बेलुकी विज्ञप्ति निकालेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा दुबै जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएका छन् ।

योसंगै देशभर कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । प्रदेश- ५ मा यसअघि नेपालगञ्जमा २३ र रुपन्देहीमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रदेश ५ मा मात्रै संक्रमितको संख्या २६ पुगेको छ । कपिलवस्तुमा संक्रमित देखिएका दुबै जनाको अवस्था समान्य रहेको सहप्रवक्ता अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !