१८ बैशाख २०८१, मंगलबार

नेपाल भ्रमण उपलब्धिमुलक रह्यो–आइसिसी अध्यक्ष बार्कले

प्रकाशित मिति :  21 March, 2024 8:03 am


काठमाडौँ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले आफ्नो तीन दिने नेपाल भ्रमण निकै उपलब्धिमूलक रहेको धारणा व्यक्त गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा आइसिसीका अध्यक्ष बार्कलेले आफ्नो भ्रमणलाई उपलब्धिमुलक र धेरै सकरात्मक पक्षहरू भएको धारणा राखेका हुन्।

बार्कलेले नेपाली खेलकुदका सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री र प्रधानमन्त्रीसँगको भेटमा निकै राम्रो छलफल भएको समेत अनुभव सुनाए। आइसिसी आफैँ पनि क्रिकेट खेललाई राम्रो विकास गर्नुपर्छ भन्ने उद्देश्य लिएकाले नेपाल भ्रमणमा भएका छलफलले धेरै फाइदा लिने उनको भनाइ छ।

नेपाललाई धेरैभन्दा धेरै खेलहरू प्रदान गर्दै सहयोग गर्न आइसिसी पनि तयार रहेको समेत बार्कलेको भनाइ छ । उनले बुधवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग छलफल गरका थिए।

भेटका बारेमा प्रष्ट्याउँदै बार्कलेले नेपालमा क्रिकेट खेल विकास गर्न नेपाल सरकार पनि तयार रहेको आफूलाई पाएको बताए । सरकार क्रिकेट संरचना र राष्ट्रिय टोलीमा मात्र युथ डेभलपमेन्टमा समेत सहयोग गर्न सकरात्मक हुनु राम्रो पक्ष रहेको बार्कलेको धारणा छ ।

नेपालमा क्रिकेटको शृंखलाहरू प्रदान गर्नका लागि क्रिकेट संरचनाका न्युनतम मापण्डहरू पूरा हुनुपर्ने उल्लेख गरे। त्यो मापदण्ड पूरा भएमा अन्तर्राष्ट्रिय टोलीले पनि नेपालमा श्रृंखलाहरू खेल्ने बताए।

बार्कलेले नेपाल न्युट्रेल भेन्युका रूपमा पनि प्रयोग हुनसक्ने विश्वास व्यक्त गर्दै आइसिसीको पूर्ण सदस्य राष्ट्रको मान्यता प्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने समेत उल्लेख गरे।

आयरल्याण्ड जस्ता राष्ट्रले पनि सोही मापदण्ड पूरा गरेर पूर्ण सदस्य राष्ट्र बनेको धारणा राखे । क्यानका सचिव पारस खड्काले ठूलाठूला आइसिसीका प्रतियोगिताहरू आयोजना गर्न नेपाल तयार रहेको आइसिसीले जानकारी गराएको उल्लेख गर्दै सरकार पनि संरचना निर्माणमा सकरात्मक रहनु सुखद् पक्ष रहेको बताएश्र

बार्कलेले क्रिकेटका ठूला राष्ट्रसँग नेपालको सहकार्य बढाउन पहल गर्ने आइसिसीका अध्यक्षबाट आशा व्यक्त भएको खुलासा गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !