१५ बैशाख २०८१, शनिबार

लगातार दुई खेल जित्नु सुखद् पक्ष– आसिफ सेख

प्रकाशित मिति :  27 March, 2024 8:32 am


काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ सेखले आयरल्याण्डको टोलीसँग दुई खेल जित्नु सुखद् पक्ष रहेको बताएका छन् । ट्वान्टी–२० विश्वकप अगाडि राम्रो टोलीसँग खेल्नु र जित्नु राम्रो पक्ष हुने उनको विश्वास छ ।

उनले दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको समेत बताए । शुरुवात र अन्त्यमा राम्रो ब्याटिङ हुँदा राम्रो योगफल बनाउन सफल भएको आसिफले बताए । नेपालका कप्तान रोहितकुमार पौडेलले आयरल्याण्ड ‘ए’ भएपनि टोली राम्रो रहेको उल्लेख गर्दै पाँच खेलाडी सिनियर टोलीबाट खेलेको बताए । उनले अवसर नपाएका खेलाडीलाई पछिल्ला खेलमा प्रयोग गर्न पाइरहेको पनि उल्लेख गरे ।

कप्तान रोहितले विश्वकप खेल्ने टोली तय नभइसकेको पनि स्पष्ट पार्नुभयो । कुशल भुर्तेल र कुशल मल्ललाई बलिङमा अवसर दिनु टोलीका लागि विकल्पका रूपमा तयार पारिएको कप्तान रोहितले उल्लेख गरे ।

उनले भारतमा राम्रो तयारी गर्न पाए एसिसी प्रिमियर कपका लागि राम्रो हुने धारणा राखे । रोहितले भारतको स्टेटको टोली राम्रो रहेको पनि स्पष्ट पारे । नेपालका प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्रको ‘ए’ टोली कमजोर नहुने उल्लेख गर्दै एसोसिएट राष्ट्रसँग सेट टोली बनाउन विकल्प कम हुने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !