१५ बैशाख २०८१, शनिबार

आज किर्तिपुर खेल मैदानमा नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ पहिलो टी–२० खेल्दै

प्रकाशित मिति :  28 March, 2024 9:04 am


काठमाडौ। आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी–२० क्रिकेट प्रतियोगिता काठमाडौँ कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने भएकाे छ।

दुई टिमकबिच तीनवटा एकदिवसीय प्रतियोगिता खेल्ने तालिका छ । यसअघि नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिच खेलिएको दुई खेलको टी–२० शृंखलामा नेपाल २–० ले विजयी भएको थियो ।

नेपालको राष्ट्रिय टोलीले पहिलो खेलमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली ७१ रनले विजयी भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरुद्ध टी–२० र एकदिवसीय खेल्न यसअघि नै आफ्नो छुट्टाछुट्टै टोलीको घोषणा गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !