१५ बैशाख २०८१, शनिबार

एनभिए र केल्मीबीच सहकार्य

प्रकाशित मिति :  29 March, 2024 7:43 am


काठमाडौँ। नेपाल भलिबल संघ (एनभिए) र केल्मीबीच नयाँ सम्झौता भएको छ ।

बिहीवार एक कार्यक्रमकाबीच नेपाल भलिबल संघले खेल सामग्री उत्पादक केल्मीसँग नयाँ सम्झौता गरेको हो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डाइरेक्टर प्रदीप न्यौपानेले पत्रमा हस्ताक्षर गरेका हुन् ।

संघका अध्यक्ष चन्दले यस अघि केल्मीले अनौपचारिक रूपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आएपनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसावले नयाँ सम्भौता गरिएको बताए । यी दुईबीच तीन वर्षका लागि नयाँ सम्झौता भएको हो ।

सम्झौताअनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउनेछ । केल्मीले तीन वर्षमा करिव एक करोड रुपैयाँ बराबरको खेल सामग्री भलिबल संघलाई उपलब्ध गराउनेछ ।

केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । सम्झौतापछि केल्मीले १ सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्नेछ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !