२५ बैशाख २०८१, मंगलबार

राजनीतिक भर्ती केन्द्र बनेको खेलकुद मन्त्रालयलाई सुधार गर्दैछुः मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  30 March, 2024 4:21 pm


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन् ।

शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरुमा नियुक्ति भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको बताए ।

उनले खेलाडीहरूलाई पछाडि पार्ने र नियुक्ति गरिएका व्यक्तिलाई बढी पारिश्रमीक दिनेगरी अघि बढिरहेको अवस्थालाई रोकोर आफूले अहिले खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जिकिर गरे ।

उनले सरकारी जग्गाहरु हडपेर निजी स्वार्थका लागि आर्थिक उपर्जन गर्ने काममा लागेको पाइएको बताए । उनले अन्तर्राष्ट्रिय जगत नेपालको खेल जगतमा काम गर्न तयार रहेको भएपनि नेपालका नीतिहरू र पहिलाका विकृतिहरूले आउन असहजता देखाइरहेको बताए ।

मन्त्री श्रेष्ठले नेपालको खेल जगतमा काम गर्न आउनका लागि अन्तर्राष्ट्रिय जगतलाई उचित वातावरण बनाउने काम भइरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !