२५ बैशाख २०८१, मंगलबार

आइपिएल: लखनऊद्वारा पञ्जाब पराजित

प्रकाशित मिति :  31 March, 2024 8:18 am


काठमाडौं । इंडियन प्रिमियर लिग(आइपिएल) मा शनिबार राती भएको एकमात्र खेलमा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले पञ्जाब किंग्स विरुद्ध २१ रनको जित निकालेको हो ।

२०० रनको लक्ष्य पाएको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि शिखर धवनले ५० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ७० रन बनाएपनि जितका लागि प्रयाप्त भएन् ।

ओपनर जोनी बेयरस्टोले २९ बल खेल्दै ४२ रन जोडे । यस्तै लियम लिभिङस्टोनले १७ बलमा २८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गरेनन् ।

लखनऊका लागि मयंक यादवले डेब्युमा ३ विकेट लिए । त्यस्तै मोहसिन खानले २ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९९ रन जोड्यो । लखनऊका ओपनर क्वीन्टन डीककले ३८ बलमा सर्वाधिक ५४ रन जोडे । यस्तै क्रुनल पण्ड्याले ४३ र निकोलस पुरनले ४२ रन बनाए ।

पञ्जाबका स्याम करनले तीन, अर्ष्दिप सिंहले दुई तथा कागिशो रबाडा र राहुल चहरले १/१ विकेट लिए ।

लखनऊले जारी सिजनको दोस्रो खेलमा पहिलो जित निकालेको हो । पञ्जाबले तीन खेलमा एक मात्र जित निकाल्न सकेको छ ।



प्रतिक्रिया दिनुहोस !