८ बैशाख २०८१, शनिबार

मिचेको नेपाली भूमिमा भारतद्धारा सडक निर्माण गरेर मानसरोवरका लागि यातायात सञ्चालन

प्रकाशित मिति :  8 May, 2020 7:52 pm


काठमाण्डौं, २६ वैशाख ।

नेपालको भूमि मिच्दै एकतर्फी राजनीतिक नक्सा सार्वजनिक गरेको भारतले सडक निर्माण गरि यातायात समेत सञ्चालनमा ल्याएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले धार्चुलाबाट लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको भिडियो कन्फरेन्स मार्फत सडकको उद्घाटन गरेका हुन् । उनले आज पिथौरागढदेखि गुञ्जीसम्म औपचारिक रुपमा गाडी सञ्चालनको उद्घाटन गरेको ट्वीट मार्फत सार्वजनिक गरेका छन् ।

भारतले लिपुलेक मिचेर नक्सा सार्वजनिक गरेको थियो । यसको चर्को विरोध भएपपछि नेपाल सरकारले कुटनीतिक पहल गर्ने र नेपालको पनि आधिकारिक नक्सा सार्वजनिक गर्ने बताएको थियो ।

तर भारतले एकतर्फी रुपमा मिचिएको भूमिमा सडक निर्माण गरेर गाडी समेत सञ्चालनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !