१२ श्रावण २०८१, शनिबार

उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरणः बिमस्टेक सार्कको प्रतिस्थापन होइन

प्रकाशित मिति :  2 April, 2024 4:30 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रूपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन् ।

भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रूपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठको यस्तो स्पष्टिकरण आएको हो ।

उनले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राखे । मंगलवार प्रतिनिधि सभामा बिमस्टेक वडा पत्रको प्रावधान सम्बन्धि छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यैै पनि सार्कको प्रतिस्थापन संस्थाको रूपमा बिमस्टेकलाई नलिएको पनि स्मरण गराए ।

बिमस्टेक सार्कको प्रतिस्थापन नभएको र हुनै नसक्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । उनले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने पनि बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुनेगरी अगाडि बढन भुमिका खेल्नुपर्ने बताए । श्रेष्ठले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर नेपालले सदस्य राष्ट्रको हैसियतले आफ्नो भुमिका निर्वाह गर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस !