१२ श्रावण २०८१, शनिबार

त्रिशूलीमा ट्याक्सी दुर्घटना प्रकरण: बेपत्ता भएका युवकको शव फेला

प्रकाशित मिति :  3 April, 2024 1:28 pm


काठमाडौँ । त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्। गत शनिबार इच्छाकामना गाउँपालिका वडा नम्बर ५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।

ट्याक्सीमा सवार पाँच जनाको शव फेला परेको थियो। गोरखा नगरपालिका वडा नम्बर ७ पौवाखेतका १८ वर्षीय विवश रोका बेपत्ता थिए। उनको बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा गोरखा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !