१२ श्रावण २०८१, शनिबार

गण्डकीमा सात दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

प्रकाशित मिति :  3 April, 2024 2:45 pm


काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन्।

बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !