२० बैशाख २०८१, बिहिबार

सर्वाधिक राशीको भलिबल प्रतियोगिता ललितपुरमा हुँदै

प्रकाशित मिति :  7 April, 2024 11:40 am


ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिष्ठानले स्व.प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो । प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजनको गर्ने भएको छ ।

२०८१ बैशाख २२ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख रुपैयाँ नगदसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोश्रोले २ लाख र तेस्राेलाइ १ लाख रुपैयाँ र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने खेलकुद आयोजना संयोजक तथा महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले जानकारी दिइन् ।

बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगितामा निमन्त्रणा गरेको र खेल लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जानकारी दिएको छ ।

आयोजक प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुदले स्थानीय तहको सर्वाङ्गिण विकास गर्ने भएका कारण प्रतियोगिता आयोजना गरेको बताइन् । स्थानीय सरकारले खेल र स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने उनले बताइन् ।

प्रतियोगिता सञ्चालन समितिका आयोजनाको सह–संयोजक कविराज मालाकारले ‘भलिबल प्रतियोगिताले प्रदेशभर नयाँ खेलाडीहरू उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।



प्रतिक्रिया दिनुहोस !