१२ श्रावण २०८१, शनिबार

गण्डकीमा खगराज अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी पेस

प्रकाशित मिति :  7 April, 2024 11:48 am


काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले आज (आइतबार) प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !