१२ श्रावण २०८१, शनिबार

खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री, आजै शपथ

प्रकाशित मिति :  7 April, 2024 1:32 pm


काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र गरि ३१ जना सांसदको समर्थन रहेको देखाएर आज (आइतबार बिहान मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

अधिकारी एक वर्षको अवधिमा दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।

त्यस्तै अधिकारीकाे दिउँसो साढे ३ बजे शपथ ग्रहणको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !