गण्डकीमा खगराज अधिकारीले लिए मुख्यमन्त्रीको शपथ
प्रकाशित मिति : 7 April, 2024 4:54 pm

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन् ।
अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरूलाई मन्त्रालय भने दिइएको छैन ।
एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।