२४ बैशाख २०८१, सोमबार

पूर्व जर्नेल बस्नेत र सशस्त्र प्रहरीका पूर्व एआईजी श्रेष्ठ पक्राउ (भिडियोसहित)

प्रकाशित मिति :  9 May, 2020 6:23 pm


काठमाण्डौं, २७ वैशाख ।

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी डा. ठाकुरमोहन श्रेष्ठ पक्राउ परेका छन् ।

काठमाण्डौं शंकपार्कमा लिपुलेकमा भारतीय अतिक्रमणबारे पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले दुवैलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखिएको छ।

आफूहरु पक्राउ परेको जानकारी बस्न्यातले पत्रकारहरुलाई दिएका छन्। ‘नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा पत्रकार सम्मेलन गरिरहेका थियौँ, उनले भनेका छन्, तर तत्कालै आएका प्रहरीले भारतको विरोध नगर्नू भन्दै पक्राउ गरेर महाराजगञ्‍जमा राखिएको छ।’  पत्रकार सम्मेलनमा पूर्व एआईजी श्रेष्ठ बोल्दै गर्दा प्रहरी आएर पक्राउ गरेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै सशस्त्र प्रहरीका पूर्व एआईजी डा.ठाकुरमोहन श्रेष्ठ:



प्रतिक्रिया दिनुहोस !