२० बैशाख २०८१, बिहिबार

ह्विलचियर बास्केटबल मंगलवारदेखि, प्रतियोगितामा १३ टोली सहभागी हुने

प्रकाशित मिति :  8 April, 2024 7:17 pm


काठमाडौँ । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाको कभर्ड हलमा भाेलि (मंगलवार) र बुधवार प्रतियोगिता हुँदैछ ।

संघका अध्यक्ष देवी आचर्याका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफसहित जावलाखेल ह्विलचियर स्पोट्स क्लब, विइन, ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए), इस्पाइनल कट इन्ज्युरी नेट्वर्क नेपाल, बीआईए र आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरीले सहभागिता जनाउनेछन् ।

यी ८ क्लबका ६ महिला र ८ पुरूष गरी १३ वटा टोली बनाएको आचर्याले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोरले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, मोस्ट भ्यालुयबल प्लेअरलाई २५ हजार रुपैयाँ दिने उनले बताए ।

प्रतियोगितामा भाग लिने सबै खेलाडीहरूलाई जर्सीको व्यवस्थासहित प्रतिदिन एक हजारका दरले यातायात खर्च र प्रतियोगिता सञ्चालनभरि खानाखाजाको समेत उपलब्ध गराइएको आचर्याले जानकारी दिए ।

यस प्रतियोगितामा सम्पन्न गर्न १९ लाख १२ हजार ५ सय रुपैयाँ लाग्ने संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले गर्ने छन् । यस्तै, प्रतियोगिताको समापन भने राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव टंकलाल घिसिङले गर्ने संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !