२० बैशाख २०८१, बिहिबार

एसिसि प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

प्रकाशित मिति :  12 April, 2024 9:10 am


काठमाडौँ । एसिसि प्रिमियर कपअन्तर्गत आज नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ ।

खेल दिउँसो सवा ४ बजेबाट ओमानको अल अमरेत क्रिकेट मैदानमा शुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् ।

समूह ‘बि’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टि–२० एशिया कप खेल्न पाउनेछ ।



प्रतिक्रिया दिनुहोस !