१६ बैशाख २०८१, आइतबार

सिक्किमको सीमामा भारतीय र चीनियाँ सैनिकबीच झडप

प्रकाशित मिति :  10 May, 2020 11:23 am


काठमाण्डौं, २८ वैशाख ।

सिक्किमको भारत चीन सीमामा भारतीय र चीनयाँ सैनिकबीच झडप भएको छ ।

भारतीय टेलिभिजन च्यानल आज तकको अनलाईन संस्करणले भारतीय सेनाको सुत्रलाई उदृढ गर्दै भनेको छ,‘उत्तरी सिक्किममा भारत तथा चीनका सैनिक आमनेसामने भएका छन् जसमा दुबै पक्षका केही सेना सामान्य घाईते भएका छन् । दुबैपक्ष आक्रमक भएपछि केही समान्य घाईते भएका छन् । ’

तनावपछि स्थानीय तहमै छलफल गरेर दुबै पक्षका सेना हटेका छन् । सीमामा गस्तीका क्रममा चीन र भारतका सेनाबीच बेलाबेलामा यस्ता घटनाहरु हुने गरका छन् ।

यो घटना लामो समयपछि भएको आजतकले लेखेको छ । झडप के कारणले भयो भन्नेबारेमा भने खुलाईएको छैन । चीन र भारतबीचपनि सिमाको विवाद रहको छ ।



प्रतिक्रिया दिनुहोस !