२० बैशाख २०८१, बिहिबार

एसिसि प्रिमियर कपः नेपाल र हङकङ भिड्दै

प्रकाशित मिति :  15 April, 2024 10:08 am


काठमाडौँ। एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश बीचको खेल बिहान पौने १२ बजेबाट शुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेपाल लगातार तेस्रो खेल पनि जित्ने दाउमा छ । भने हङकङ पनि आजको खेलमा जित निकाल्दै सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छ ।

यसअघि नेपालले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

समूह एमा रहेको नेपाल एकमात्र अपराजित टोली हो । समान दुई खेल खेलको हङकङ २ खेलमा एकमा हार र एकमा जितसँगै २ अंकका साथ चौथो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !