१८ बैशाख २०८१, मंगलबार

खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भयोः मन्त्री श्रेष्ठ

प्रकाशित मिति :  17 April, 2024 8:51 am


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भएको बताएका छन्।

मंगलवार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन गरेको बताएका हुन्

खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरु सुधार्नुपर्ने आवश्यकता रहेको पनि चर्चा गर्दै उनले तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको बताए।

उनले सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फर्फराउने विश्वास व्यक्त गरे।

मन्त्री श्रेष्ठले भने, “केही नीतिगत कुराहरु सुधार्नुपर्ने छ । तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने छ । यहाँ हामी सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भोलि राष्ट्रको झण्डा फर्फराउने छ । सबै मिलेर गर्दा खेलमा केही सुधार भएको छ ।”

मन्त्री श्रेष्ठले खेलकुदको माध्यमबाट राष्ट्रिय एकता बलियो बनाउन आह्वान गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !