१८ बैशाख २०८१, मंगलबार

सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड

प्रकाशित मिति :  17 April, 2024 1:20 pm


काठमाडाैँ । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरूको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी हिजाे (मंगलवार) बाट सुरू भएको रथजात्राको रथ तानेर मंगलबार नै असन पु¥याइएको थियो ।

तीनधारा पाठशालाबाट सुरू भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पु¥याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पु¥याइनेछ ।

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पु¥याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।

सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरू भएको थियो ।



प्रतिक्रिया दिनुहोस !