१९ बैशाख २०८१, बुधबार

१४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड, पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा

प्रकाशित मिति :  18 April, 2024 8:01 am


काठमाडौँ। १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको महिला भलिबलतर्पm बुधवार सेमिफाइनल समीकरण पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा जारी प्रतिस्पर्धाबाट समूह ‘ए’ का वागमती र गण्डकी प्रदेश तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनल यात्रा तय गरे । बेस्ट अफ थ्रीमा भएको प्रतिष्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरे ।

अब बिहीवार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी गण्डकीबीच प्रतिष्पर्धा हुनेछन् । समूह ‘ए’ बागमती पहिलो खेलमा गण्डकीलाई २५–१३ र २६–२४, दोस्रो खेलमा कर्णालीलाई २७–२५ र २५–१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५–१० र २५–८ ले हराउँदै समूहविजेता बन्यो ।

गण्डकीले भने कर्णालीलाई २५–२०, २५–२७ र १५–८ ले हराउँदा सुदूरपश्चिममाथि २५–२० र २५–२२ को जित निकाल्यो । समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो । समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५–२३ र २५–१७ तथा मधेस प्रदेशलाई २५–१४ र २५–२१ ले हरायो ।

यससमूहको उपविजेता कोशीले एक मात्र जित मधेस प्रदेशमाथि २५–१८ र २५–१८ ले निकाल्यो । पुरुष भलिबलमा भने समूह ‘ए’ का कर्णाली र लुम्बिनी प्रदेशले सेमिफाइनलम स्थान बनाइसकेका छन् ।

चार प्रदेश रहेको यो समूहमा कर्णाली र लुम्बिनीले एकअर्कासँग खेल्न बाँकी छ । जित्ने टोली समूह विजेता बन्नेछ । कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५–२०, १९–२५ र १५–८ तथा दोस्रो खेल कोशीलाई २५–२२ र २५–१९ ले हरायो ।

लुम्बिनीले यो समूहमा दुई जित निकाल्दा पहिलो खेलमा कोशीलाई २५–२० र २५–१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५–२२ र २५–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

उसुमा चार स्वर्णको तय

१४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उसु विधामा चार स्वर्ण पदकको नतिजा निस्किएको छ ।

राखेपको सेमी कभर्डहलमा बुधवार भएको पुरुष थाइचीमा छ्वानमा वागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले काँस्य पदक प्राप्त गरे । महिला थायची छ्वानमा वागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् ।

सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अन्जना सरदारले कांस्य पदकमा चित्त बुझाइन् ।
पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, वागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कांस्य पदक जिते । यसै विधाको महिलामा वागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् ।

कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कांस्य पदक प्राप्त गरिन् ।

आठ सय मिटर दौडमा सरिता र बादल

कर्णाली प्रदेशकी सरिता खड्का र गण्डकी प्रदेशका बादल कार्कीले १४औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्सतर्पm आठ सय मिटर दौडमा स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राकमा सम्पन्न आठ सय मिटर दौडमा सरिता छात्रामा र बादल छात्रमा पहिलो भएका हुन् । सरिताले दुई मिनेट २८।५ सेकेण्ड समय खर्चिइन् । कर्णालीकै भावना कसोल दुई मिनेट २९।२ सेकेण्डका साथ रजत पदकमा सिमित भइन् ।

लुम्बिनी प्रदेशकी अनिसा थारुले कांस्य पदक जितिन् । उनले दुई मिनेट २९.५ सेकेण्ड समय खर्चिन् । यसै विधाको पुरुषमा बादलले दुई मिनेट ०५.५५ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।

सुदूरपश्चिमका विक्रम विष्ट र कर्णालीका प्रकाश बुढा क्रमशः दोस्रो र तेस्रो भए । विक्रमले २ मिनेट ०६.४ सेकेण्ड र प्रकाशले २ मिनेट ०६.७ सेकेन्ड समयमा निर्धारित दूरी पूरा गरे ।

त्यस्तै ज्याभलिन थ्रो छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल, लुम्बिनीका राहुल थारु र लुम्बिनीकै रवि चौधरी शिर्ष तीनमा रहे । सुकवीरले ५२.१७ मिटर, राहुलले ५१.२५ मिटर र रविले ५०.६१ मिटर पर ‘थ्रो’ गरे ।

यसै विधाको छात्रामा कर्णालीकी सरिता विकले ३१.५४ मिटर पर फ्याक्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा साउदले रजत र लुम्बिनीकी दिव्याकला थारुले काँस्य पदकमा चित्त बुझाइन् । पूजाले २९.३१ मिटर र दिव्याकलाले २८.४९ मिटर पर फ्याके । लङ जम्पमा पुरुषतर्पm लुम्बिनीका रमेश थारु र महिलामा बागमतीकी प्रनिशा महतोले स्वर्ण जिते ।

रमेश ६.६४ मिटर र प्रनिशा ४.९५ मिटर पर उफ्रिए । पुरुषमा सुदूरपश्चिमका सन्नी चौधरी र आशिष महर क्रमशः दोस्रो र तेस्रो भए । सन्नी ६.५७ मिटर र आशिष ६.५५ मिटर टाढा उफ्रिए । महिलामा गण्डकीकी निशा घर्ति र सुदूरपश्चिमकी रेनुका ऐरले क्रमशः रजत र काँस्य पदक जिते । निशा ४.७० मिटर र रेनुका ४.६८ मिटर पर हामफाले ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !